मेरो धर्मले हिन्दू शब्द गाउन दिँदैनः अञ्जु

काठमाडौं— चर्चित गायिका अञ्जु पन्तले आफूले हिन्दूवादी शब्द भएका गीत गाउन नसक्ने बताएकी छन्। सहदेव कोइरालाको संगीत तथा रचनाको गीत गाउन अस्वीकार गरेपछि विवादित बनेकी अञ्जुले बिहीबार नागरिकन्युजसँग भनिन्, 'मेरो धर्मले हिन्दू गीत गाउन दिँदैन। म त्यस्ता शब्दहरु गाउन सक्दिनँ।'


गाउने तयारीका साथ मालाश्री रेकर्डिङ स्टुडियो कमलादी पुगेकी नबिर्से तिमीलाईकी गायिकले गीतको शब्द हेरेपछि पछि हटेको बताइन्। गीतमा 'दुर्गा माताको आशिर्वादले सोचे झै पुग्दै जावस्' शब्द प्रयोग भएको छ। अञ्जुले गाउन अस्वीकार गरेपछि स्टुडियो बुक गरेका कोइरालाले 'प्रोफेसनल बन्न' आग्रह गरेका थिए।

यसअघि पनि उनले हिन्दूत्व झल्कने शब्दहरु भएका गीत पन्छाउँदै आएको बताइन्छ। अञ्जु क्रिस्चियन धर्ममा आस्था राख्छिन्। अञ्जुको पछिल्लो व्यवहारलाई लिएर धेरै फ्यानहरुले मन दुःखाएका छन्। केहीले सोसल मिडियामा आक्रोस पोखेका छन्।

अन्तरिम संविधानले नेपाललाई धर्म निरपेक्ष घोषणा गरेको थियो। सोअनुसार नेपालका सबै धर्मावलम्बीहरु समान मानिन्छन्...
Share this video :

Post a Comment

 
Copyright © 2011. Popular Music - All Rights Reserved